आइतबार र सोमबार लगातार घटेको सुनचाँदीकै मूल्य आज थप घटेको छ।
सुनको मूल्य आज तोलामा १ हजार ४ सय रुपैयाँ घटेर २ लाख ८८ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो तोलामा ९ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको २ लाख ८९ हजार ४ सय कायम भएको थियो।
गएको बिहीबार र शुक्रबार दुई दिनमा १२ हजार ४ सय बढेको सुनको भाउ त्यसयता तीन दिन लगातार घटेको हो।
त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ घटेर ४ हजार ५ सय ५५ रुपैयाँमा झरेको छ।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।
Shares

प्रतिक्रिया