कारोबार


अझै कार्यान्वयन भएनन् बजेटमा समावेश आर्थिक क्षेत्रका १५ प्रतिशत बुँदा

अझै कार्यान्वयन भएनन् बजेटमा समावेश आर्थिक क्षेत्रका १५ प्रतिशत बुँदा

नेपालखबर
जेठ १२, २०८३ मंगलबार १५:११, काठमाडौँ

आर्थिक वर्ष २०८२/८३ काे बजेटमा समेटिएको आर्थिक क्षेत्रसँग सम्बन्धित १५ प्रतिशत बुँदा चालु आर्थिक वर्षकाे तेस्राे त्रैमाससम्म कार्यान्वयन नै सुरु भएको छैन।

नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा आयोजना गरेको सार्वजनिक–निजी क्षेत्र संवादका रूपमा ‘बजेट वाच’ कार्यक्रममा सार्वजनिक प्रतिवेदनले आर्थिक वर्षकाे तेस्राे त्रैमाससम्ममा अझै १५ प्रतिशत बुँदा कार्यान्वयन हुन नसकेकाे देखाएको हो।

बजेट वक्तव्यमा उल्लेख भएका निजी क्षेत्र तथा अर्थतन्त्रसँग सम्बन्धित ७४ बुँदामध्ये ११ बुँदाकाे कार्यान्वयन सुरु नै भएका छैनन्। 

यस अवधिमा पूर्ण कार्यान्वयन भएको बुँदा भने २६ प्रतिशत रहेकाे छ।

अघिल्लो आर्थिक वर्षकाे यस अवधिमा १७ प्रतिशत बुँदा मात्रै कार्यान्वयन भएको थियाे। याे तथ्यांकले यस वर्ष बजेट कार्यान्वयन दर बढेकाे देखिन्छ। 

याे अवधिमा उद्याेग क्षेत्रकाे सबैभन्दा बढी अर्थात् ५ बुँदा कार्यान्वयन सुरु नभएको हाे। त्यसैगरी, ऊर्जा पूर्वाधार तथा सहरी विकास क्षेत्रकाे ३ वटा बुँदा कार्यान्वयन भएका छैनन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad