नक्कली प्रहरी बनेर रकम माग गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका– ८ बस्ने वर्ष ४५ को रोज बहादुर तामाङ रहेका छन्।
तामाङले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० ईट्टाभट्टीस्थित एक खाजा घरमा आफू सादा पोशाकको सीआईडी प्रहरी हुँ भनी प्रहरीले कारबाहीको लागि नियन्त्रणमा लिएका टिरहरूलाई छुटाउन सहजीकरण गरिदिन्छु भनी सेवाग्राहीहरूसँग रकम माग गगरेको प्रहरीको दाबी छ।
उनलाई रकम माग्दै गरेको अवस्थामा प्रहरी टोलीले सोही स्थानबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा ल्याएको छ।
उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुरमा जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट ७ दिनको म्याद लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ।
Shares

प्रतिक्रिया