अर्थमन्त्री रामेश्वर खनालले बैक तथा वित्तीय क्षेत्रका नियामक निकायहरूका प्रमुखसँग भेटवार्ता गरेका छन्।
सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र बैक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरुसँग भेटघाट/छलफल भएको हो।
अर्थ मन्त्रालयका राजस्वसचिव भूपाल बराल समेतको उपस्थिति रहेको उक्त भेटघाटमा नियामक निकायहरुको तर्फबाट नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको सहभागिता रहेको थियो।
उक्त भेटघाटमा अर्थमन्त्री खनालले आफूलाई अर्थमन्त्रीको रुपमा रहदा समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न, पुँजी बजारलाई पारदर्शी र लगानीमैत्री बनाउन र आर्थिक सुशासन कायम गराउनका लागि नियामक निकायहरुले खेलेको भूमिकाप्रति धन्यवाद प्रदान गरे।
सो अवसरमा नियामक निकायका प्रमुखहरुले अर्थमन्त्रीसँगको सहकार्य फलदायी रहेको स्मरण गराउदै नेपालको बैक तथा वित्तीय क्षेत्रको विकास र वित्तीय अनुशासन कायम गराउनमा अर्थ मन्त्रालयले अवलम्बन गरेका नीति र मार्गनिर्देशनका लागि अर्थमन्त्रीप्रति आभार व्यक्त गरे।
Shares

प्रतिक्रिया