प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारीबारे जानकारी लिन आज ताप्लेजुङ पुगेकी छन्।
आजै बिहान उनले पाथीभरा माताको पूजाअर्चना गरेकी छन्।
पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले तस्बिरसहित सामाजिक सञ्जालमा लेखेकी छन्, ‘फागुन महिना, निर्वाचन महिना। पाथीभराबाट सुरुआत। शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु।’
प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।
63
Shares

प्रतिक्रिया