कारोबार


आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

फाइल तस्बिर


नेपालखबर
माघ १७, २०८२ शनिबार २०:४६, काठमाडौँ

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। 

निगमले भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएकाले डिजेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको जनाएको हो।

बढेको मूल्य २०८२ माघ १८ गते राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

हाललाई डिजेल तथा मट्टीतेलको भाउ ३ रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ। 

त्यस्तै ग्यासको मूल्य ४५ रुपैयाँले बढेर आए पनि हाललाई यथावत् राखिएको निगमको सूचनामा उल्लेख छ। 

पेट्रोलको मूल्य भने यथावत छ।

यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ १ र अन्तरराष्ट्रियतर्फ काठमाडौँमा प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाइएको निगमको सूचनामा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad