कारोबार


भरतमोहन प्रतिष्ठानले आगामी बजेटका आयामबारे ‘भर्चुअल’ सम्मेलन गर्ने

भरतमोहन प्रतिष्ठानले आगामी बजेटका आयामबारे ‘भर्चुअल’ सम्मेलन गर्ने

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार ९:५४,

कोरोना भाइरस (कोभिड–१९) महामारीबाट नेपाली अर्थतन्त्रसमेत प्रभावित हुने विषयलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०७७÷०७८ को बजेटका प्राथमिकताबारे ‘भर्चुअल’ सम्मेलन आयोजना गरिने भएको छ।

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले पूर्वअर्थमन्त्री अधिकारीको ८५ औं जन्मोत्सवको अवसर पारेर भोलि (शनिबार) ‘आर्थिक वर्ष २०७७-०७८ को बजेटको कार्यदिशा’ नामक भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको हो।

प्रतिष्ठानका सल्लाहकार केशव आचार्यले राजश्व, भन्सार, चालु र पुँजिगत खर्च, सामाजिक सुरक्षालगायत बजेटका सबै क्षेत्रबारे विज्ञहरुबीच अन्तरक्रिया गर्न लागिएको जानकारी दिए। अन्तरक्रियाबाट आउने सुझावलाई बजेट निर्माणमा सम्बोधन गर्नका लागि बुँदागत रुपमा अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष बुझाइने पनि आचार्यले बताए।

‘भरतमोहन अधिकारीले अर्थमन्त्रीमा रुपमा नेपालको अर्थतन्त्रमा ऐतिहासिक योदगान दिनुभएको छ’, आचार्यले भने, ‘आगामी वर्षको बजेटको तयारी र उहाँको जन्मोसवको पूर्वसन्ध्यामा उहाँको योगदानलाई सम्झने र भावी बजेटको प्रारुपबारे छलफल गरेर अर्थमन्त्रीलाई सुझाव दिन उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो।’

कार्यक्रममा पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष डा. स्वर्णिम वाग्ले, पूर्वसांसद एवं योजना आयोगका पूर्वसदस्य डा. डिल्लाराज खनाल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक लालबाबु यादव, अर्थविद डा. गोविन्दबहादुर थापा, डा. विश्व पौडेल, लालबाबु यादव, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल र नेकपा केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्री सहभागी हुनेछन्।

पूर्वअर्थमन्त्री अधिकारीले २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको अल्पमत सरकारमा अर्थमन्त्री छँदा ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रममार्फत् स्थानीय तहमा बजेट पठाउने कामको सुरुआत गरेका थिए। यस्तै ज्येष्ठ नागरिक र एकल महिलालाई सामाजिक सुरक्षा भत्ताको दिने लोकप्रिय कार्यक्रम पनि अधिकारीले नै ल्याएका थिए।

१९९३ साल वैशाख २२ मा महोत्तरीको भ्रमणपुरामा जन्मिएका अधिकारीको २०७५ फागुन १८ गते ८२ वर्षको उमेरमा निधन भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad