जिल्ला प्रशासन कार्यालय काठमाडौंले संसद् भवन आसपासका क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।
जेनजी प्रदर्शनले निषेधित क्षेत्र तोड्दै बानेश्वरकेन्द्रित भएपछि भीड प्रहरी नियन्त्रणबाहिर पुगेको थियो। सो क्रममा प्रदर्शनकारी संसद्को गेट नाघेर भवनभित्रै छिरेका हुन्।
प्रहरीले अश्रुग्यास र हवाइ फायर गर्दा समेत भीड नियन्त्रणमा नआएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको आदेशअनुसार बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वरचोकदेखि दक्षिण शंखमूल ओरालो हुँदै शंखमूल पुलसम्म कर्फ्यु आदेशजारी भएको छ।
यसअवधिमा आवतजावत, भेला, जुलुस, घेराउलगायतका काम गर्न नपाइने भनिएको छ।
बानेश्वर क्षेत्रमा कर्फ्यु जारी
जेनजीले घेरे संसद् भवनका ३ वटै गेट
विद्यालय ड्रेसमा राष्ट्रिय झन्डा बोकेर प्रदर्शनमा जेनजी
संसद् भवन छिरे प्रदर्शनकारी, प्रहरीले गर्यो हवाई फायर
प्रदर्शनकारी उत्तेजित हुने खतरा बढेपछि प्रहरी तैनाथी बढाइयो
बानेश्वरमा जेनजीको प्रदर्शन: प्रहरीले हान्यो अश्रुग्यास
स्कुल ड्रेसमा किताब बोकेरै सरकारविरुद्ध उत्रिए जेनजी
जेनजीको प्रदर्शनमा काठमाडौँ महानगरले बाँड्यो पानी
Shares

प्रतिक्रिया