समाज


जाजरकोटमा जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

जाजरकोटमा जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नेपालखबर
भदौ २३, २०८२ सोमबार १२:४६, सुर्खेत

जाजरकोटको शिवालय गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। 

सोमबार शिवालय गाउँपालिकाबाट छेडातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३५० नम्बरको बोलेरो जिप थलह–छेडा सडक खण्डको सालतडामा दुर्घटनामा परेको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक नन्दबहादुर बिष्टले दुर्घटनामा परी घाइते हुनेहरूमा चालक शिवालय–८ का २६ वर्षीय हस्त बुढा, भेरी नगरपालिका–१ की ४६ वर्षीया अबिकला राना, शिवालय–३ का ५० वर्षीय पशुपति शर्मा रहेको  जानकारी दिए। 

उनले चालकको निधार र टाउकोमा, रानाको दायाँ कम्मरमा र शर्माको बायाँ खुट्टा र पेटमा चोट लागेको बताए। 

अन्य तीन जना घाइतेको भने पहिचान खुल्न बाँकी छ। जिपमा ९ जना सवारमध्ये तीन जना भने सकुशल रहेको प्रहरीले जनाएको छ। 

जिप अनियन्त्रित भई सडकबाट करिब २६ मिटर तल खोलामा खसेको प्रहरीको भनाइ छ। 

घाइतेहरूको स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि सुर्खेतको सिम्ता गाउँपालिकास्थित जामुने बजार पठाइएको छ। 

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad