समाज


प्रदर्शनकारी उत्तेजित हुने खतरा बढेपछि प्रहरी तैनाथी बढाइयो

प्रदर्शनकारी उत्तेजित हुने खतरा बढेपछि प्रहरी तैनाथी  बढाइयो

नेपालखबर
भदौ २३, २०८२ सोमबार १२:१३, काठमाडौँ

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले काठमाडौँमा आयोजना गरेको प्रदर्शनमा उपस्थिति बाक्लिदै गएपछि प्रहरी तैनाथी बढाइएको छ। 

माइतघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शनकारीले सरकारविरुद्ध नारा लगाउँदै जुलुस निकालेका हुन्। 

प्रदर्शनकारीको संख्या बढीरहेको र उनीहरू उत्तेजित हुने खतरा रहेको भन्दै प्रहरीले प्रदर्शन स्थमा सुरक्षाकर्मी बढाएको हो। 

बानेश्वरमा निषेधित क्षेत्र तोकिएको छ। अहिले माइतीघर मण्डलामा जम्मा भएका प्रदर्शनकारी पनि बानेश्वरतर्फ लागेका छन्। 

कतिपय प्रदर्शनकारी बाइकमा चढेर बानेश्वरतर्फ लागेका हुन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad