भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले गरेको प्रदर्शनमा काठमाडौँ महानगरले समर्थन देखाएको छ।
माइतीघर मण्डलामा जम्मा भएर बानेश्वरतर्फ गइरहेका उनीहरुलाई महानगरले खानेपानी वितरण गरेको छ।
जेनजीको प्रदर्शनमा काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले पिउने पानी पठाएको बताइएको छ।
प्रदर्शनमा केहीबेर सरकारविरुद्ध नाराबाजी भए प्रहरीले त्यसलाइ रोकेको थियो।
माइतीघरबाट बानेश्वरतर्फ जाने क्रम जारी छ भने बानेश्वरको निषेधित क्षेत्रमा पहिले नै केही जुलुस पुगिसकको थियो।
264
Shares

प्रतिक्रिया