विश्वकप फुटबलको माहोल तातेका बेला इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली बजारमा आफ्ना नयाँ पोर्टेबल पार्टी स्पिकर टीसीएल टीपी २००के र टीपी३०० के सार्वजनिक गरेको छ।
शक्तिशाली अडियो, आकर्षक लाइट शो तथा आधुनिक कनेक्टिभिटी सुविधाले सुसज्जित यी स्पिकरहरू खेलप्रेमी र मनोरञ्जनका पारखीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ।
टीसीएलका यी नयाँ स्पिकरहरूले स्टेडियमको जस्तै ध्वनि र ऊर्जा प्रदान गर्ने लक्ष्य राखेका छन्। गोलको गर्जन, दर्शकहरूको उत्साह र कमेन्ट्रीको रोमाञ्च अब अझ स्पष्ट र शक्तिशाली रूपमा अनुभव गर्न सकिनेछ।
टीसीएल टीपी२००के घरेलु म्याच भ्युइङ, पारिवारिक जमघट तथा साना पार्टीहरूका लागि उपयुक्त स्पिकर हो। २२०डब्लु अडियो पावर, १२ घण्टासम्मको ब्याट्री ब्याकअप तथा ५ वटा डायनामिक लाइट शो मोडले मनोरञ्जनलाई थप आकर्षक बनाउँछन्।
त्यसैगरी, अझ दमदार ध्वनि अनुभव चाहने प्रयोगकर्ताका लागि टीसीएल टीपी ३००के उत्कृष्ट विकल्प हो। ३४० डब्लुसम्मको शक्तिशाली अडियो आउटपुट, गहिरो बास र १८ घण्टासम्मको प्लेटाइमले ठूला जमघट तथा आउटडोर सेलिब्रेसनलाई नयाँ स्तरमा पुर्याउँछ। ८ वटा आकर्षक लाइट शो मोडहरूले खेल जितेको खुसीयालीलाई अझ भव्य बनाउने काम गर्छन्।
दुवै मोडलमा ब्लुटुथ ५.४, बास बुस्ट, वायरलेस पार्टी लिंक (टीडब्लुएस) तथा आईपीएक्स४ वाटर रिजिस्टेन्स जस्ता आधुनिक सुविधाहरू समावेश छन्। प्रयोगकर्ताले दुईवटा स्पिकरलाई वायरलेस रूपमा जडान गरी अझ फराकिलो साउन्ड अनुभव लिन सक्छन्। साथै, माइक्रोफोन र गिटार सपोर्टले कराओके तथा लाइभ मनोरञ्जनलाई पनि सहज बनाउँछ।
विश्वकपको उत्साह, संगीत र मनोरञ्जनलाई एकै ठाउँमा समेट्ने उद्देश्यका साथ टीसीएलले टीपी२००के र टीपी३००के नेपाली बजारमा ल्याएको हो।
Shares

प्रतिक्रिया