राजनीति


संसद् भवन छिरे प्रदर्शनकारी, प्रहरीले गर्‍यो हवाई फायर

संसद् भवन छिरे प्रदर्शनकारी, प्रहरीले गर्‍यो हवाई फायर

नेपालखबर
भदौ २३, २०८२ सोमबार १२:२१, काठमाडौँ

काठमाडौँमा प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवन परिसरभित्र प्रवेश गरेका छन्।  उनीहरू प्रहरीको निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेका हुन्। 
उनीहरू संसद् भवन प्रवेश गरेसँगै प्रहरीले हवाई फायर गरेको छ।  

भवनको गेटमाथिबाट उनीहरू भवन परिसरभित्र छिरेका छन्। जेनजीको प्रदर्शनमा तनाव बढ्न थालेको छ। बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार तथा पानीको फोहोरा हानेको छ। 

त्यस्तै उत्तेजित हुन थालेका प्रदर्शनकारीले सरकारविरुद्ध नारा चर्काएका छन्। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर पनि च्यातेका छन्। उनीहरूले सरकार तिम्रो पाराले दु:ख पाए साराले भन्दै माइतीघरदेखि बानेश्वरसम्मको सडकमा प्रदर्शन गरेका छन्। 

यो क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध छ। अहिले प्रदर्शनकारी पनि थपिँदैछन्। प्रदर्शनकारीहरू विद्यालयकै ड्रेसमा किताब कापीको झोला बोकेरै प्रदर्शनस्थलमा पुगेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad