कारोबार


सेगमेन्टकै उच्चतम ग्राउन्ड क्लियरेन्स भएको ईभी लिभ ०१ (भिडिओ/तस्बिर)

सेगमेन्टकै उच्चतम ग्राउन्ड क्लियरेन्स भएको ईभी लिभ ०१ (भिडिओ/तस्बिर)

तस्बिर/भिडिओ: सरोज नेपाल


सरोज नेपाल
भदौ ६, २०८२ शुक्रबार २१:२८, काठमाडौँ

एसयूभी (स्पोर्ट युटिलिटी भेहिकल) सेगमेन्टकै उच्चतम ग्राउन्ड क्लियरेन्स भएको इलेक्ट्रिक कार नाडा अटो शो २०२५ मा प्रदर्शनमा राखिएको छ। त्यो ईभी हो, लिभ ०१।

नेपाली बजारमा उपलब्ध मिड रेन्ज इलेक्ट्रिक कारमध्ये लिभ ०१ को ग्राउन्ड क्लियरेन्स उच्चतम भएको एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरको दाबी छ। 

चिनियाँ कम्पनी एलएस अटो फूल पावर, पिकअप र उच्च रेन्जका प्रसिद्ध छ। 

लिभ ०१ को ग्राउन्ड क्लियरेन्स २१० एमएम छ। लिभ ०१ दुई भेरियन्ट एसई र सीईमा उपलब्ध छ। एसई र सीईको अधिकतम फिचर समान नै छ। सीई भेरियन्टमा प्रिमियर फिचरका रुपमा पानारोमिक सनरुफ, वायरलेस चार्ज र स्मार्टगेट दिइएको छ। 

लिभ ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाटको मोटर छ। रेन्ज ५०० किलोमिटर भन्दा बढी भएको कम्पनीको दाबी छ। ईभीले ३२० एनएम अधिकतम टर्क प्रदान गर्छ।

०–१०० किलोमिटर प्रति घण्टाको गति लिन ७.७ सेकेन्ड समय लिने ईभीको अधिकतम गति १६० किलोमिटर प्रति घण्टा छ। 

कम्पनी अनुसार कार डीसी फास्ट चार्जिङबाट २०–८० प्रतिशतसम्म चार्ज हुन ३६ मिनेट र एसी चार्जरबाट साढे ८ घण्टा लाग्छ। 

लम्बाई ४६४० एमएम, चौडाई १८७० एमएम र उचाई १६५५ एमएम भएको एसयूभीको ह्वील बेस २७६० एमएम छ। 

बोल्ड, प्रिमियर लुकमा उपलब्ध लिभ ०१ अत्याधुनिक फिचरबाट सुसुज्जित छ। 

कम्पनीले नाडा अफरको रुपमा लिभ ०१ एसई ५९ लाख ९५ हजार रुपैयाँ र लिभ ०१ सीई ६४ लाख ९५ हजार रुपैयाँमा उपलब्ध गराइरहेको छ।

साथै नाडामा बुक गर्नेलाई थप सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ। ईभीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी छ।

भिडिओ :

तस्बिरहरू:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad