खेल


नेदरल्यान्ड्सकी कर्स्टेन वेसेल्स मधेस युनाइटेडमा अनुबन्ध

नेदरल्यान्ड्सकी कर्स्टेन वेसेल्स मधेस युनाइटेडमा अनुबन्ध

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १९:१६, काठमाडौँ

वत्सालय एभरेस्ट महिला भलिबल लिग (ईडब्लुभीएल)को दोस्रो संस्करणका लागि मधेस युनाइटेडले नेदरल्यान्डसकी कस्टेन वेसेल्सलाई अनुबन्ध गरेको छ।  मधेसले वेसेल्सलाई तेस्रो विदेशी खेलाडीको रुपमा भित्र्याएको हो।

यसअघि मधेसले नेदरल्यान्डसकै रोमी भिनस्ट्रा र डानिक आर्डेमालाई भित्र्याउने घोषणा गरिसकेको छ।

१८७ सेन्टिमिटर उचाइकी वेसेल्स स्पाइक पहुँच ३०० सेन्टिमिटर र ब्लक पहुँच २९३ सेन्टिमिटर रहेको मधेस युनाइटेडले जानकारी दिएको छ। 

मधेसले टिममा समावेश हुन पाउँदा वेसेल्सले पनि खुसी व्यक्त गरेको जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad