कारोबार


सरकारले भन्यो– तीन आधारमा शरद ओझा बर्खास्त भए

सरकारले भन्यो– तीन आधारमा शरद ओझा बर्खास्त भए

नेपालखबर
भदौ ४, २०८२ बुधबार १७:२५, काठमाडौँ

छानबिनमा तानिएपछि स्वत: निलम्बनमा परेका नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष शरद ओझा तीनवटा आधारमा पदबाट बर्खास्त भएको खुलेको छ। 

यही भदौ २ गते बसेको मन्त्रिपरिपरिषद् बैठकले ओझामाथि खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमता अभाव रहेको र पदीय जिम्मेवारी पालना नगरेको आधारमा बर्खास्त गरेको खुलेको हो। 

सोमबारको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारको प्रवक्ता समेत रहेका सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ओझालाई हटाउनुका कारणबारे खुलाएका हुन्। 

मन्त्रिपरिषद्ले गरेको निर्णयको ८ नम्बर बुँदामा भनिएको छ, ‘छानबिन समितिको सिफारिसमा नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझाले खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमताको अभाव रहेको र पदीय जिम्मेवारी पालना गरेको नदेखिएकाले निजलाई नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदबाट पदमुक्त गर्ने।’

ओझा अध्यक्षमा नियुक्त भएपछि उजुरी परेको, त्यसको छानबिन गर्न समिति गठन गरिएको र त्यसले ओझाले खराब आचरण प्रदर्शन गरेको देखिएको मन्त्री गुरुङले उल्लेख गरे। त्यस्तै कार्यक्षमताको पनि अभाव रहेको बारे परेको उजुरीअनुसार नै पुष्टि भएको र पदीय जिम्मेवारी पूरा नगरेको भन्ने उजुरी पनि पुष्टि भएको गुरुङले उल्लेख गरे। 

आरोपहरु पुष्टि भएसँगै छानबिन समितिको सिफारिसको आधारमा उनलाई पदमुक्त गरिएको प्रवक्ता गुरुङले बताए। 

यो पनि– 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad