नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
ओझाले आफ्नो निलम्बनलाई लिएर सरकारविरुद्ध गएको साउन ८ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। उक्त रिटमा भएको सुनुवाइपछि सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
ओझाले प्राधिकरणको अध्यक्षमा नियुक्ती हुँदा फर्जी कागजात बुझाएको भन्दै सरकारले अध्यक्ष पदबाट निलम्बन गरेर उनीमाथि अनुसन्धान गर्न कमिटी गठन गरेको थियो।
135
Shares

प्रतिक्रिया