सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्ष नियुक्त गरेको हो।
बिमा प्राधिकरण नेपाली बिमा क्षेत्रको नियामक निकाय हो।
पत्रकारिता र कानुन व्यवसाय पृष्ठभूमिका ओझासँग कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव छ।
व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका ओझाले नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका लागि विज्ञको रुपमा काम गरेका छन्। प्राध्यापनमा समेत रहेका उनी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।
यसैबीच ओझाले अध्यक्ष नियुक्त गरेकोमा सरकारलाई धन्यवाद दिँदै प्राधिकरणलाई राम्रो बनाउने बताएका छन्।
नियुक्त भएपछि उनले नेपालखबरसँग भने, "सम्माननीय प्रधानमन्त्री, मन्त्री र मन्त्रिपरिषद्का सबै सदस्यलाई जिम्मेवारी दिनु भएकोमा धन्यवाद। प्राधिकरणलाई राम्रो बनाउने प्रयास हुनेछ।"
यसअघि ओझासहित सरकारका पूर्वसचिव रामशरण पुडासैनी र दामोदर बसौला सर्टलिस्टमा सिफारिस भएका थिए।
Shares

प्रतिक्रिया