राजनीति


देउवा पाँच पटक प्रधानमन्त्री भएपनि एक कार्यकालसमेत पूरा गर्न पाउनु भएन: शंकर पोखरेल

देउवा पाँच पटक प्रधानमन्त्री भएपनि एक कार्यकालसमेत पूरा गर्न पाउनु भएन: शंकर पोखरेल

नेपालखबर
भदौ ४, २०८२ बुधबार १७:२८, काठमाडौँ

नेकपा एमाले महासचिव शंकर पोखरेलले पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुने कुरा बुझ्न जरुरी रहेको बताएका छन्।

बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर प्रश्न सोधिने गरेको भन्दै यो उदेक लाग्दो रहेको जिकिर गरे।

नेता पोखरेलले लोकतन्त्रमा पार्टी र कार्यकर्ताको विश्वासको जगमा नै प्रधानमन्त्रीको नेतृत्व गर्न पाइने कुरा बुझ्न जरुरी रहेको बताए। 

प्रधानमन्त्री पाँचौँ पटक भएपनि कार्यकाल एउटा पनि पूरा गर्न नपाएको उनको भनाई छ। नेपालको राजनीतिको कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो? भन्दै प्रश्न गरे।

राजनीति अस्थिर रहने र कति पटक प्रधानमन्त्री भएको भन्ने अर्थमा नेतृत्वको समीक्षा गर्नेकुरा उचित नरहेको उनको भनाई थियो। नेपालको राजनीतिमा भएको समस्यामा प्रवेश गरेर समाधान खोज्नुपर्ने पोखरेलले बताए।

महासचिव पोखरेलले भने, ‘कहिले कहीँ नेपाली कांग्रेसभित्रै बहस चलेको सुन्दछु म। उदेक लाग्दो छ। नेपाली कांग्रेसकै एक जना महामन्त्रीले भनेको सुनेँ। शेरबहादुर दाई कति पटक प्रधानमन्त्री हुने? अब अरु मलाई दिनुपर्दछ। यो प्रधानमन्त्री भन्नेकुरा पालोको कुरा हो र? विश्वासको कुरा हो। पार्टीको विश्वास र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुन्छ। यति कुरा त लोकतन्त्रमा बुझ्नुपर्‍यो नि। यो आलोपालोको कुरा हो र? आदरणीय देउवाजी पाँच पटक प्रधानमन्त्री हुनुभयो, कति प्रधानमन्त्री हुनुभयो भन्दा एक कार्यकाल पनि प्रधानमन्त्री हुन पाउनुभएको छैन। एक कार्यकाल भनेको त पाँच वर्ष होला नि। नेपालको राजनीतिको कमजोरीको दण्ड देउवाजीले व्यहोर्नुपर्ने?’

महासचिव पोखरेलले ध्रुवीकरण जरुरी छ भन्नेकुराको अर्थ साना दलहरूको अस्तित्व नामेट गर्न खोज्यो भन्ने नहुने बताए। नेपालको चुनौति राजनीतिक अस्थिरता भएको बताए।

नेपालको राजनीतिलाई चुनावका समयमको गठबन्धन नभइ नीतिका आधारमा जनमतलाई ध्रुविकरण गर्ने राजनीतितर्फ जानुपर्ने उनको जिकिर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad