सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ।
सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत, ग्राहकहरूले चुनित ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउनेछन्।
सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, चुनित ग्यालेक्सी वाच र बड्समा विशेष ३२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ।
यो अफर लिन कम्पनीको वेबसाइटमा गई रिटेलर छानेर खरिद गर्नुपर्नेछ। रिटेलर छानेपछि २ हजार रुपैयाँको अग्रिम रकम अनलाइन भुक्तानी गर्नुपर्नेछ। त्यसपछि ओटीपी प्राप्त हुनेछ। त्योसँगै ७ दिनभित्र ओटीपीसहित रिटेलर जानुपर्नेछ।
यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ र नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य छ। साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा सहज इएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन्। प्रक्रिया निकै सरल छ—केवल तपाईंको नागरिकता प्रमाणपत्र भए पुग्छ।
उपलब्धता
Shares

प्रतिक्रिया