नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले जुम्ला जिल्ला अधिवेशनबाट निर्वाचित हेमबहादुर बुड्थापा नेतृत्वकाे कार्यसमितिलाई अनुमाेदन गरेकाे छ।
अध्यक्ष गुरुङले ५औं जिल्ला अधिवेशनबाट सर्वसम्मत निर्वाचित बुड्थापा नेतृत्वको जिल्ला कार्यसमिति, केन्द्रीय पार्षद र महाधिवेशन प्रतिनिधिहरूलाई अनुमाेदन गरेका हुन्।
अध्यक्ष गुरूङले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। साउन ९ गते निर्देशन समिति संयाेजक तथा पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्यय डिना, र तरूण दल अध्यक्ष विद्वान गुरूङले जिल्ला अधिवेशनलाई सम्बाेधन गरेका थिए।
२०८२ साउन ९-१५ गते सम्पन्न नेपाल तरुण दल जुम्लाको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेकाे हाे।
63
Shares

प्रतिक्रिया