नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सय दिन पूरा गरेका छन्।
०८१ चैत ११ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका उनले श्वेतपत्र जारी गर्दै पाँचवटा विषयलाई प्राथमिकतामा राखेको उल्लेख गरेका थिए।
शाक्यले ऊर्जा सुरक्षा, विश्वसनीय विद्युत्, नवीनतम उपायहरुबाट वित्तीय व्यवस्थापन, विश्वसनीय र पारदर्शी तथ्यांक, मानवस्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखेका थिए।
उनका अनुसार ऊर्जा सुरक्षा र विश्वसनीय ऊर्जाको लागि कार्यहरु अगाडि बढाएको उनले बताएका छन्। यसअनुसार कुलेखानी सिस्नेरी सय मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न गरी सम्भाव्यताका लागि लाइसेन्स आवेदन गरिएको छ।
त्यसैगरी हुलिङटार–दुम्किम ४९४ मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न गरी सम्भाव्यता अध्ययनको लागि लाइसेन्स आवेदन गरिएको छ। ब्याट्री इनर्जी स्टोरेज सिस्टम (बीईएसएस) अध्ययन तथा निर्माण सहयोगका लागि पहल सुरु गरिएको कार्यकारी निर्देशक शाक्यले बताएका छन्। यसबाहेक उत्तरगंगा जलविद्युत् आयोजना र अपर अरुण जलविद्युत् आयोजनाको लाइसेन्स प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ।
Shares

प्रतिक्रिया