आन्दोलनरत चिकित्सक र ३ जना मन्त्रीबीच आज साँझ ६ बजे वार्ता तय भएको छ।
चिकित्सकको आन्दोलनको विषयमा केहीबेरअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलबीच छलफल भएको थियो।
उक्त छलफलपछि साँझ आन्दोलनरत चिकित्सकका प्रतिनिधिसहितको वार्ता तय भएको स्वास्थ्यमन्त्रीको सचिवालयले जानकारी दिएको हो।
उपभोक्ता अदालतको फैसलाप्रति आपत्ति जनाउँदै चिकित्सकहरू सेवा ठप्प पार्दै आन्लदोलनमा छन्। सोमबार ओपीडी सेवा ठप्प पारेका चिकित्सकले आज माइतीघर मण्डलामा प्रर्दशन गरेका छन्।
२ दिनदेखि आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्। त्यससपछि उनीहरूले काठमाडौँको नयाँ बानेश्वरसम्म विभिन्न प्लेकार्डसहितको र्याली निकालेका थिए। आन्दोलन नेपाल चिकित्सक संघको अगुवाइमा भएको हो।
Shares

प्रतिक्रिया