कारोबार


झण्डै ३ महिनापछि बजारमा ८ अर्ब बढीको सेयर कारोबार

झण्डै ३ महिनापछि बजारमा ८ अर्ब बढीको सेयर कारोबार

नेपालखबर
असार ३०, २०८३ मंगलबार १५:६, काठमाडौँ

झण्डै ३ महिनापछि सेयरबजारमा ८ अर्ब बढीको सेयर कारोबार भएको छ। 

गत वैशाख ३ मा ९ अर्ब ३१ करोडको कारोबार भएयताकै बढी रकमको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

त्यसयता २ अर्बसम्म कारोबार ओर्लिएको थियो। पछिल्ला तीन कारोबार दिनमा लगातार ४ अर्ब ६१ करोड, ६ अर्ब ८६ करोड र ७ अर्ब ४६ करोडको किनबेच भएका छन्। 

मंगलबार कुल ८ अर्ब ४१ करोडको सेयर किनबेच भएको छ। यसले बजार क्रमशः सुधारतर्फ लम्किएको देखिएको हो। यस दिन नेप्से समेत ६.११ अंकले बढेर २५७६.२९ विन्दुमा चढेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन १६४ वटा सेयरको मूल्य बढेको छ भने १०१ वटाको घटेको र १० वटाको स्थिर छ। यस दिन सेयरहरुमा १०.२२ प्रतिशतसम्म मूल्य बढावट र ९.६८ प्रतिशतसम्म गिरावट देखिएको छ। 

त्यसैगरी ५२ करोडसम्मको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। बजार खुलेको सवा घण्टापछि सूचक बढ्न सुरु गरेको थियो। सोसँगै सूचक हरियो भएर कारोबार बन्द भएको हो। 

नेप्सेका अनुसार मंगलबारको कारोबारमा उत्पादन तथा प्रशोधन समूह घटे पनि बाँकी सबै हरियो छन्। 

यसैबीच, मंगलबार लगानीकर्ताहरुको एक समूह बजार घटेको बहानामा धितोपत्र बोर्डमा घेराउ गर्न पुगेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad