आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटअन्तर्गत सहरी विकास मन्त्रालयका लागि छुट्याइएको बजेटका विषयमा (आज) पत्रकार सम्मेलन गरी जानकारी गराइने भएको छ।
मन्त्रालयको बजेटका विषयमा विभिन्न प्रश्न उठाइएपछि अहिले बिहान ८:४० बजे मन्त्रालयमै पत्रकार सम्मेलन गरी स्पष्टीकरण दिन लागिएको हो।
यसबीच सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो पार्टी नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दललाई बजेट पारेको आरोप पनि लागिरहेको छ।
मन्त्रालयको बजेट बाँडफाँटप्रति आफ्नै पार्टीका सांसद तथा नेताहरूसँगै विपक्षीले पनि असन्तुष्टि जनाइरहेका छन्।
75
Shares

प्रतिक्रिया