राजनीति


आलोचना बढेपछि तरुण दलले भन्यो– बजेट हामीलाई होइन, गणेशमान सिंह स्मृति भवनका लागि हो

आलोचना बढेपछि तरुण दलले भन्यो– बजेट हामीलाई होइन, गणेशमान सिंह स्मृति भवनका लागि हो

नेपालखबर
जेठ २४, २०८२ शनिबार २०:१४, काठमाडौँ

नेपाली कांग्रेसनिकट युवा संगठन नेपाल तरुण दलले राज्यकोषबाट पार्टी संगठनको भवन बनाउन लागेको भन्ने आरोपप्रति स्पष्टीकरण दिएको छ।

अध्यक्ष विद्वान गुरुङले शनिबार एक विज्ञप्ति जारी गरेर आफूले अगाडि सारेको भवनको बजेट पार्टी संगठनका लागि नभई गणेशमान सिंह स्मृति भवन निर्माणका लागि विनियोजन भएको बताएका छन्।

यसअघि अध्यक्ष गुरुङले ३ करोड रुपैयाँ बजेट विनियोजन भएको भन्दै तरुण दलको भवन निर्माणबारे विज्ञप्ति जारी गर्दै पार्टी सभापति शेरबहादुर देउवा र उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई धन्यवाद दिएका थिए। उक्त विज्ञप्तिपछि सार्वजनिक भएपछि आलोचना भएको थियो।

त्यसपछि  गुरुङले आजै अर्को विज्ञप्ति निकाल्दै उक्त रकम नेपाल तरुण दलको मागअनुसार गणेशमान सिंह स्मृति भवनका लागि छुट्याइएको दाबी गरेका छन्। उनले स्मृति भवनले ‘युवाहरूको सशक्तीकरण, क्षमता विकास र सिपयुक्त तालिम सञ्चालनमा योगदान पुर्‍याउने’ विश्वास व्यक्त गरेका छन्।

‘नेपाल तरुण दल स्थापनाकालदेखि नै युवाहरूको हक अधिकार, राष्ट्रियता, लोकतन्त्र र समाजवादको पक्षमा सक्रिय रहँदै आएको संस्था हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तरुण दलकै आन्दोलनका कारण देशमा धेरै नीतिगत परिवर्तन भएका छन्।’

गुरुङले ३ करोड विनियोजनको विषयमा गलत प्रचार नगरिदिन आग्रहसमेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad