राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ।
सोमबार सिंहदरबारस्थित आयोगमा भएको भेटवार्तामा द्विपक्षीय सहयोग, योजना कार्यान्वयन र अनुसन्धानका क्षेत्रमा छलफल भएको हो।
भेटका क्रममा उपाध्यक्ष अधिकारीले चालू १६औँ योजना पहिले भन्दा फरक (विषयगत दृष्टिकोण) मा तयार गरिएको बताउँदै यसको कार्यान्वयन योजना बनाइँदै गरेको जानकारी दिए।
उनले योजना आयोगले मन्त्रालयहरूसँग छलफल गरी समन्वयात्मक अतिरिक्त लाभ अपनाएर कार्य योजना तयारी अगाडि बढाइएको जानकारी दिए।
राजदूत फेनले बेलायतमा पनि नीति निर्माण र कार्यान्वयन (समस्या समाधान साझेदारी) बाट गरिएको बताउँदै आयोगले बनाएको कार्य योजनाको प्रशंसा गरे।
साथै उनले बेलायतले शैक्षिक, अनुसन्धान र आर्थिक क्षेत्रमा नेपालसँग दीर्घकालीन साझेदारी बढाउन चाहेको र विशेष गरी स्तरोन्नति भएपछि नेपालले सामना गर्न सक्ने व्यापारिक चुनौतीहरू समाधान गर्न बेलायतले सहयोग दिने बताए।
बेलायतका सरकारी संस्थानहरू र प्रतिष्ठित विश्वविद्यालयहरूसँग नेपालको द्विपक्षीय अनुसन्धान सहयोग बढाउने र अति कम विकसित राष्ट्रहरू बाट स्तरोन्नति पश्चात् नेपालको व्यापारमा पर्ने प्रभाव विषयमा छलफल भएको थियो ।
दुवै पक्षले नेपाल र बेलायतबीच अनुसन्धान, योजना कार्यान्वयन र नीति समन्वय क्षेत्रमा सहकार्य बढाउने सहमति जनाएका छन्।
Shares

प्रतिक्रिया