कोरोना भाइरससँग नाम मिलेका कारण मजाकको विषय बनेको कोरोना बियरको उत्पादन बन्द हुने भएको छ।
मेक्सिकोको मोडेलो ग्रुपले कोरोना बियर उत्पादन गर्दै आएको थियो। तर, सो कम्पनीले शुक्रबार ट्विटरमार्फत उत्पादन बन्द हुने जानकारी गराएको छ।
मेक्सिकोको केन्द्रीय सरकारले कोरोना भाइरससँग जुध्न अत्यावश्यकबाहेक औद्योगिक उत्पादन बन्द गर्ने निर्णय गरेपछि बियर उत्पादन बन्द भएको हो।
कोरोना महामारी सुरु भएपछि सो बियरबारे अनेकौँ अफवाह पनि चलेका थिए।
महामारीयता अमेरिकामा सो बियरको बिक्री ४० प्रतिशतले घटेको थियो।
मेक्सिकोमा हालसम्म १५ सय जना संक्रमित भएका छन् भने ५० जनाको ज्यान गइसकेको छ। एजेन्सी

प्रतिक्रिया