लाइफ इन्स्योरेनस कर्पोरेसन (नेपाल) लिमिटेडले सेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ।
कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले १०.५२६ प्रतिशत लाभांश दिने प्रस्तावसम्बन्धी निर्णय गरेको हो।
आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफबाट हाल कायम चुक्ता पुँजीको १०.५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरिएको छ।
यसअनुसार सेयरधनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश पाउनेछन्।
तर यससम्बन्धी प्रस्तावलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिनुपर्नेछ भने त्यसपछि बस्ने कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
45
Shares

प्रतिक्रिया