समाज


खसी-बोकाको भन्दै बाख्राको मासु बेच्ने युवक पक्राउ

हामी घरमा पुग्दा उनी काटेका बाख्रा भुत्ल्याउँदै थिए: प्रहरी
खसी-बोकाको भन्दै बाख्राको मासु बेच्ने युवक पक्राउ

नेपालखबर
जेठ १, २०८२ बिहिबार ११:५५, काठमाडौँ

खसी-बोकाको भन्दै झुक्याएर बाख्राको मासु बेच्ने एक व्यापारीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बुटवल उप–महानगरपालिका–१ जितगढीका ३४ वर्षीय मेराज साह रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले साहलाई बुधबार पक्राउ गरेको हो। 

उनले विभिन्न स्थानबाट बाख्रा खरिद गरि घरमै काटेर मासु पसलमा लगेर बेच्दै आएका प्रहरी अनुसन्धानबाट खुलेको छ।

‘घरमै काटेको खसी, बोकाको मासु हो’ भन्दै झुक्याएर उनले बाख्राको मासु बिक्री गर्दै आएको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए। 

उनलाई घरमै काटेको बाख्रा भुत्ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको कार्कीले बताए।।

प्रहरीले काटेर फालिएका बाख्राका विभिन्न अंगहरुसमेत बरामद गरेको छ।

प्रहरीले मेराजको घरबाट ३ वटा बोरामा काटेर टुक्रा बनाएर राखेको २९ किलो बाख्राको मासु पनि बरामद गरेको छ।

उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐन २०३२ बमोजिमको कसुरमा मुद्दा दर्ता गरेर जिल्ला प्रशासन कार्यालय रुरुपन्देहीबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad