कारोबार


गुणाकरको राजीनामा स्वीकृत नगरेको भन्दै कामु गभर्नरविरुद्ध उत्रिए राष्ट्र बैंकका कर्मचारी

गुणाकरको राजीनामा स्वीकृत नगरेको भन्दै कामु गभर्नरविरुद्ध उत्रिए राष्ट्र बैंकका कर्मचारी

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार २०:४६, काठमाडौँ

गभर्नरका प्रत्याशी रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेको भन्दै राष्ट्र बैंककै कर्मचारी रुष्ट बनेका छन्।

नेपाल राष्ट्र बैंककै नेपाल वित्तीय कर्मचारी संघले विज्ञप्ति निकालेर राजीनामा रोकेको भन्दै विरोध जनाएको हो। 

उनीहरूले कायममुकायम गभर्नर डा. नीलम ढुंगानाप्रति आक्रोश पोखेका हुन्। मंगलबार संघले विज्ञप्ति जारी गर्दै राजीनामा स्वीकृत गर्न कामु गभर्नर ढुंगानासँग माग गरेको छ।

संघले एक महिना बैंक गभर्नरविहीन भएको अवस्थामा पनि प्रत्याशीको राजीनामा स्वीकृत नगरी नियुक्ति प्रक्रियालाई लम्ब्याउनु गलत भएको उल्लेख गरिएको छ।

‘गभर्नरका दाबेदार वर्तमान कार्यवाहक नेतृत्वबाट एक जना कर्मचारीको राजीनामा समेत स्वीकृत गर्न नसक्नुले नेतृत्वको क्षमतामाथि नै प्रश्न उठेको छ’, विज्ञप्तिमा भनिएको छ।

कामु डा. ढुंगानाको क्षमतामा प्रश्न उठाउँदै संघले नेपालको श्रम ऐन धारा २९ , श्रम ऐन २०७४, सुशासन नियमावली २०६५ र नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ को ठाडो उल्लंघन गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad