कारोबार


एसपीजी अटोमोबाइल्स, ‘ईभी पायोनियर अवार्ड’द्वारा सम्मानित

एसपीजी अटोमोबाइल्स, ‘ईभी पायोनियर अवार्ड’द्वारा सम्मानित

नेपालखबर
बैशाख १७, २०८२ बुधबार २०:२३, काठमाडौँ

चेरि अटोमोबाइल कम्पनी लिमिटेडको सब ब्रान्ड, ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स  प्रालि, ‘चेरि इन्टरनेसनल ग्लोबल डिलर कन्फरेन्स २०२५’मा ईभी पायोनियर अवार्ड’द्वारा सम्मानित भएको छ।

उक्त सम्मेलन चीनको आन्हुइ प्रान्तस्थित वुहु सहरको ‘यिजिउ इन्टरनेसनल एक्स्पो सेन्टर’मा आयोजना गरिएको थियो जहाँ चेरिको हेडक्वार्टर तथा मुख्य उत्पादन केन्द्र पनि अवस्थित छन्। सम्मेलनमा चेरि होल्डिङ ग्रुप कम्पनीका उपाध्यक्ष सु हुइले एसपीजी अटोमोबाइल्सका निर्देशन गौरव शारडालाई यो अवार्ड हस्तान्तरण गरेका हुन्।

१२० भन्दा बढी देशका ३,००० भन्दा बढी डिलरहरूको सहभागिता रहेको यस अन्तर्राष्ट्रिय सम्मेलनले सहभागीहरूलाई अटोमोबाइल क्षेत्रका उपलब्धीहरू प्रदर्शन गर्ने तथा यसबारे विभिन्न रणनैतिक विचारहरू अन्तर्राष्ट्रिय साझेदारहरूसँग आदानप्रदान गर्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ।

सम्मेलनमा वुहु नगरपालिका सरकारका वरिष्ठ अधिकारीहरू, चेरि इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत यिन तोङ्गयुए, र चेरि इन्टरनेसनलका महाप्रबन्धक झाङ गुइबिङआदिको विशिष्ट उपस्थिति रहेको थियो।

एसपीजी अटोमोबाइल्सलाई नेपालमा ओमोडा एन्ड जेइकोको विद्युतीय सवारी साधनहरूको उपस्थितिलाई सफलतापूर्वक स्थापित गर्नमा योगदान तथा कम्पनीको उल्लेखनीय बजार पर्फमेन्सका लागि यो ‘इभी पायोनियर अवार्ड’ प्रदान गरिएको हो। यो सम्मानले नेपालको विकसित हुँदै गरेको अटोमोबाइल क्षेत्रमा दिगो यातायात (सस्टेनेबल मोबिलिटि) प्रवर्द्धनप्रति कम्पनीको प्रतिबद्धता र सक्रियतालाई उजागर गर्ने कम्पनीको भनाई छ।

ओमोडा एन्ड जेइकोले सन् २०२४ मा नेपालमा ‘ओमोडा ई फाइभ’ ईभी सार्वजनिक गर्दै आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको थियो भने ‘नाडा अटो सो २०२४’मा यसको रगेड र स्टाइलिस सबब्रान्ड ‘जेइको जे सिक्स’ इएसयुभि प्रस्तुत गरेको थियो। यी नवीनतम ईभी ब्रान्डहरूको प्रतिनिधित्व गर्दै एसपीजी अटोमोबाइल्सले पहिलो वर्षमै नेपालमा ८०० भन्दा बढी ओमोडा र जेइकोका गाडीहरू सफलतापूर्वक बिक्री गरी उल्लेखनीय उपलब्धी हासिल गरेको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad