कारोबार


त्रिवि शिक्षण अस्पतालले माग्यो केही क्लिनिकल रजिस्ट्रार (सूचनासहित)

त्रिवि शिक्षण अस्पतालले माग्यो केही क्लिनिकल रजिस्ट्रार (सूचनासहित)

फाइल तस्बिर: टिचिङ हस्पिटल


नेपालखबर
चैत ४, २०८१ सोमबार ९:६, काठमाडौँ

काठमाडौँको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अस्थायी दरबन्दीमा थप केही संख्यामा रजिस्ट्रार भर्नाका लागि आवेदन दिन अनुरोध गरेको छ। 

अस्पतालको कर्मचारी प्रशासन शाखाले सोमबार (चैत ४ गते) जारी गरेको सूचनाअनुसार चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा थप केही संख्यामा क्लिनिकल रजिस्ट्रार पद करार सेवामा पदपूर्ति गर्नुपर्ने भएको हो। 

यसका लागि योग्यता पुगेका २१ वर्ष पूरा भई ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकले चैत १० गतेभित्र त्रिवि शिक्षण अस्पतालको हिमालयन बैंक (महाराजगन्ज) को खाता नं.००२००५५३६५००१८ मा परीक्षा दस्तुरबापत २ हजार रुपैयाँ जम्मा गरेको सक्कल भौचरसहित आवेदन फाराम भर्न सकिने सूचनामा उल्लेख छ। 

विभाग एनेस्थेसियोलोजीका लागि एनेस्थेसियोलोजी विषयमा एमडी वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने अस्पताल प्रशासनले जनाएको छ।

हेर्नुहोस् सूचना-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad