कारोबार


सोमबार पनि १० अंकले घट्यो नेप्से, कारोबार ९ अर्बकै वरिपरि

सोमबार पनि १० अंकले घट्यो नेप्से, कारोबार ९ अर्बकै वरिपरि

नेपालखबर
माघ १४, २०८१ सोमबार १५:१७, काठमाडौँ

सोमबार सेयरबजार परिसूचक नेप्से १०.६१ अंकले घटेर २६३३.३२ अंकमा आइपुगेको छ।

आइतबार १०.४१ अंकले घटेको नेप्से सोमाबर पनि सोही हाराहारीमा घटेको हो।

कारोबार भने आइतबारको तुलनामा थप खुम्चिन पुगेको छ। आइतबार ९ अर्बमाथिको कारोबार भएकोमा सोमबार ८ अर्ब ९२ करोडको मात्रै कारोबार भएको हो।

यो दिन बैंकिङ समूह, होटल तथा पर्यटन, लगानी, जीवन बिमा, म्युचुअल फन्ड, निर्जीवन बिमा, अन्य र व्यापार समूहको सूचक घट्दा विकास बैंक, फाइनान्स, जलविद्युत्, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्सका सूचक बढेको हो।

कम्पनीगत रुपमा भने आज कारोबारमा आएका ३१२ कम्पनीमध्ये १०५ वटाको मूल्य बढेको छ भने १२९ वटाको मूल्य घटेको छ। बाँकी ९ वटा कम्पनीको सेयरमूल्यमा भने कुनै उतारचढाव देखिएन। 

आजको बजारबाट सर्वाधिक कमाउनेमा ङादी हाइड्रो अगाडि छ। यो कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लाग्दा जानकी फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सामुदायिक लघुवित्तको मूल्य ९ प्रतिशतले बढेको हो। 

यस्तै घट्नेमा भने आज सप्तकोशी डेभलपमेन्ट बैंक अगाडि छ। यो कम्पनीको सेयरमूल्य ८.४६ प्रतिशतले मूल्य घटेको हो। 

कारोबारका आधारमा भने आज सिन्धु विकास बैंक अगाडि छ। यो बैंकको लगानीकर्ताले आज २९ करोड रुपैयाँबराबरको सेयर कारोबार गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad