ad ad

कारोबार


सडक अवस्था र चाडपर्वले बढ्यो हवाइ चाप : त्रिभुवन विमानस्थल आसपासका आकाशमा एकै पटक १० जहाज

सडक अवस्था र चाडपर्वले बढ्यो हवाइ चाप : त्रिभुवन विमानस्थल आसपासका आकाशमा एकै पटक १० जहाज

त्रिभुवन विमानस्थलमाथिको आकाश (फ्लाइटराडार२४)


नेपालखबर
असोज १५, २०८१ मंगलबार १५:२३, काठमाडौँ

त्रिभुवन विमानस्थल आसपासमा मात्रै एकै पटक १० जहाजले उडान भरेका छन्।

आन्तरिक र अन्तर्राष्ट्रिय उडानको चाप बढ्दा त्रिभुवन विमानस्थलमा उडान र अवतरणको संख्या बढेको हो। 

बैंकक–काठमाडौं उडान थाई एयरवेज, विराटनगरबाट काठमाडौं आइरहेको बुद्ध एयर, भैरहवाबाट काठमाडौं आएको यती एयरलाइन्स, भद्रपुरबाट काठमाडौं आउँदै गरेको यती एयरलाइन्स, सुर्खेतबाट काठमाडौं आउँदै गरेको बुद्ध एयर, हेलिकप्टर लगायतले एकै पटक काठमाडौं आसपासमा उडान भरेका हुन्। 

सडक यातायात अवरुद्ध भएको र चाडपर्वको कारणले उडानको चाप हुँदा जहाजले काठमाडौंमा केही समय होल्ड गर्नुपर्ने अवस्था रहेको वायुसेवा कम्पनीले जानकारी दिएका छन्।

सोमबार त्रिभुवन विमानस्थलबाट ५५९ उडान तथा अवरण भएका छन्। आन्तरिक उडान २२७  र अवतरण २२१ भएको जानकारी दिएका छन्। यसमा हेलिकप्टर उडान तथा अवरण समेत रहेको छ। 

अन्तर्राष्ट्रियतर्फ ५५ वटा बाहिर जाँदा ५६ जहाजले त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .