ad ad

कला


हलमा कस्तो चल्दैछ जुनियर एनटीआरको ‘देवरा पार्ट १’?

हलमा कस्तो चल्दैछ जुनियर एनटीआरको ‘देवरा पार्ट १’?

नेपालखबर
असोज १५, २०८१ मंगलबार १५:२६, काठमाडौँ

जुनियर एनटीआर स्टारर दक्षिण भारतीय फिल्म ‘देवरा पार्ट १’ बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। फिल्मले चारदिनमा घरेलु बक्सअफिसमा १७३ करोड १० लाख भारतीय रुपैयाँ कलेक्सन गरेको छ। 

हिन्दीसहित तमिल र तेलुगुमा भाषामा रिलिज भएको यस फिल्मले पहिलो दिन भारतभर ८२ करोड ५० लाख भारू ओपनिङ गरेको थियो। 

दोस्रो दिन ३८ करोड २० लाख कमाउँदा तेस्रो दिन ३९ करोड ९० लाख भारुको व्यापार गरेको थियो। चौथो दिनमा भने फिल्मले १२ करोड ५० लाख भारु कमाएको छ। विश्वभर भने यस फिल्मले तीन सय करोड क्लबमा पुगिसकेको छ।

कोरतला सिवाद्वारा निर्देशित यस फिल्ममा एनटिआरसहित जान्हवी कपुर, सैफ अली खान, प्रकाश राज, श्रीकान्त र शाइन टम चाको मुख्य भूमिकामा छन्।

बलिउड अभिनेत्री जान्हवीले कपुर यसै फिल्ममार्फत साउथमा डेब्यु गरेकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .