कारोबार


‘डिशहोममा डिलर दाईको डिस्काउण्ट’

‘डिशहोममा डिलर दाईको डिस्काउण्ट’

नेपालखबर
माघ २७, २०७६ सोमबार १०:२३,

डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिशहोममा डिलर दाईको डिस्काउण्ट’ नामक अफर ल्याएको छ।

जस अनुसार डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रानसफरबाट वार्षिक रिचार्ज गरे बापत ‘एड अन’ प्याकेज सहित ‘साप्ताहिक लक्कि ड्र’ मा भाग लिने अवसर प्राप्त हुनेछ र हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति रु एक लाख नगद उपहार जित्नेछन्। ‘साप्ताहिक लक्कि ड्र’ कार्यक्रम सोमबारदेखि लागू हुनेछ।

योजना फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागी मात्र लागु हुनेछ। ‘साप्ताहिक लक्कि ड्र’ फागुन २ गतेबाट डिशहोमको ‘शो केस च्यानल नं १००’ मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ।

प्रत्येक हप्ताको शुक्रबारदेखि बिहीबारसम्म वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई आउने शुत्रबारको ‘लक्कि ड्र’ मा समावेश गरिनेछ। फन्ड ट्रान्सफर बाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई मात्र ‘साप्ताहिक लक्कि ड्र’ मा समावेश गरिनेछ।

समावेश भएका ग्राहकहरुको डिश होम सेट–टप बक्सको केस आईडीको आधारमा विजेताको घोषणा गरिने छ। बिजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने छ।

नेपालभरि रहेका जुनसुकै डिशहोमका डिलरहरु मार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad