स्थानीय बजारमा सुनको मूल्य ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला रु ४०० ले घटेको छ। महासंघले छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ३०० कायम गरेको छ। मंगलबार सुनको मूल्य स्थिर थियो।
सोमबार र मंगलबार छापावाला सुन प्रतितोला रु ७६ हजार र तेजाबी सुन प्रतितोला रु ७५ हजार ७०० मा खरिद बिक्री भएको थियो।
सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी प्रतितोला रु १५ ले घटेर रु ८७० पुगेको छ। रासस

प्रतिक्रिया