राजनीति


नेकपाका केन्द्रीय सदस्य चिनियाँ कम्युनिस्ट पार्टीभन्दा दोब्बर

नेकपाका केन्द्रीय सदस्य चिनियाँ कम्युनिस्ट पार्टीभन्दा दोब्बर

नेपालखबर
माघ १५, २०७६ बुधबार १०:०,

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणपछि राजनीतिक विश्लेषकहरुले टिप्पणी गरेका थिए– नेकपा एसियामा तेस्रो शक्तिशाली कम्युनिस्ट पार्टी बनेको छ। चीन र भियतनामका कम्युनिस्ट पार्टीपछिको शक्तिशाली नेकपा भएको उनीहरुको भनाइ थियो। केन्द्रीय समितिको आकार हेर्ने हो भने नेकपा पहिलो नम्बरमै आउँछ।

कम्युनिस्ट पार्टीभित्र राजनीतिक निर्णय गर्ने सर्वोच्च निकाय केन्द्रीय समिति हो। ९ करोड पार्टी सदस्य रहेको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को केन्द्रीय समितिमा २ सय ५ पूर्ण र १ सय ७५ वैकल्पिक सदस्य छन्। त्यस्तै २५ सदस्यीय पोलिट्ब्युरो र सात सदस्यीय स्थायी समिति पनि छ। जसले १ अर्ब ४० करोडभन्दा बढी जनसंख्यामाथि शासन गर्छ।

चीनको अर्थतन्त्र करिब साढे १२ ट्रिलियन अमेरिकी डलरको छ। भारतले २०२४ सम्ममा ५ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्य लिएको छ।

NCP-CC1.jpg

एसियामा कम्युनिस्ट शासन भएको अर्को मुलुक भियतनामको सत्तारुढ दल भियतनाम कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा १ सय ८० पूर्ण र २० वैकल्पिक सदस्य छन्। यो पार्टीको १९ सदस्यीय पोलिटब्युरो र १४ सदस्यीय सचिवालय छ। ९ करोड जनसंख्या रहेको भियतनामको २ खर्ब ३३ अर्ब अमेरिकी डलरको अर्थतन्त्र छ।

तर, करिब ३० अर्ब अमेरिकी डलरको अर्थतन्त्र रहेको नेपालमा सत्तारुढ नेकपाको केन्द्रीय समिति भने यी दुवै देशको भन्दा ठूलो छ। ४ सय ४१ सदस्यीय केन्द्रीय समिति रहेको नेकपाले आफ्नै कार्यालयमा बैठक आयोजना गर्न सक्ने अवस्था समेत छैन। कहिले प्रधानमन्त्री निवास तथा कहिले भाडाको हल खोजेर केन्द्रीय समितिको बैठक हुने गरेको छ।

२०७२ साल मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि पार्टी एकता गर्ने घोषणा गरेर चुनावी गठबन्धनले प्रतिनिधिसभामा करिब दुई तिहाइ र सात प्रदेश मध्ये ६ वटामा सरकार बनाएको छ।

तर, चीन र भियतनाम भन्दा फरक रुपमा निर्वाचित भएर नेकपामा सत्तामा पुगेको हो। नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित भएर आएको हो। तर चीन र भियतनाम दुवैमा कम्युनिस्ट पार्टी सशस्त्र क्रान्तिमा विजय हात पारी सत्तामा पुगेका हुन्।

याे पनि:
एमसीसीका कुनै पनि बुँदामा समस्या छैनः प्रधानमन्त्री

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad