ad ad

कारोबार


वायुसेवा निगमले चैतदेखि चीनको ग्वान्झाउमा साताको तीन उडान गर्ने

वायुसेवा निगमले चैतदेखि चीनको ग्वान्झाउमा साताको तीन उडान गर्ने

नेपालखबर
पुस २९, २०७६ मंगलबार ९:२५,

नेपाल वायुसेवा निगमले चीनको ग्वान्झाउमा साताको तीन उडान गर्ने निश्चित भएको छ। निगमका सहप्रवक्ता सुलेख मिश्रले ग्वान्झाउमा मार्च १५ तारिख (चैत २ गते) देखि तीन उडान गर्ने जानकारी दिएका हुन्।

मिश्रका अनुसार निगमको जहाजले मंगलबार, बिहीबार र आइतबार उडान गर्नेछ। त्यस्तै हाल जापानको ओसाका उडान भरिरहेको निगमले अर्को सहर नारितामा पनि मार्च पहिलो हप्तादेखि साताको तीनवटा उडान गर्नेछ। कुन कुन दिन उडान हुने अन्तिम निर्णय हुन बाँकी रहेको निगमले बताएको छ।

यसबाहेक चाँडै निगमले साउदी अरेबियामा पनि उडान प्रक्रिया अघि बढाइसकेको छ। यसका लागि निगमले जनरल सेल्स एजेन्ट स्थापनाको प्रक्रिया अघि बढेको बताएको छ। सँगसँगै निगमले अस्ट्रेलियामा पनि सिधा उडानका लागि प्रक्रिया अघि बढाएको छ।

सन् २००४ को दुई पक्षीय सम्झौताअनुसार नेपाली वायु सेवाका लागि चीनका सहरहरुमा व्यवसायिक उडान खुला भएको हो। नेपाल र चीनबीच सन् २००४ मा भएको दशबुँदे दुईपक्षीय हवाइ सेवा सम्झौतामा नेपालले चीनका बेइजिङ, छेन्दु, ग्वान्झाउ, सांघाई, ल्हासा, कुन्मिङ र सियानमा उडान भर्न पाउने उल्लेख छ। १५ वर्षअघिको सम्झौताअनुसार नेपालले चिनियाँ सहरमा सातामा १४ उडान गर्न पाउँछ।

सन् २०१४ मा नै निगमले चीनसँग ग्वान्झाउका लागि उडान अनुमति मागेको थियो। हाल चीनको बेइजिङमा निजी क्षेत्रको नेपाली कम्पनी हिमालय एयरलाइन्सले उडान भर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .