ad ad

समाज


दिलीपको हत्यापछि क्रसरलाई कडाइ, मापदण्डविपरीतका उद्याेग तत्काल बन्द गरिने

दिलीपको हत्यापछि क्रसरलाई कडाइ, मापदण्डविपरीतका उद्याेग तत्काल बन्द गरिने

शैलेन्द्र महताे
पुस २९, २०७६ मंगलबार ९:२५,

अवैध खोला उत्खनन विरुद्ध अभियानमा लागेका धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका दिलीप महताेको हत्या पश्चात धनुषामा क्रसरमाथि कडाई गरिने भएको छ। जिल्ला समन्वय समिति धनुषाको सोमबार बसेको बैठकले क्रसरमाथि कडाई गर्ने निर्णय गरेको हो।

नविकरण हुन बाँकी, रित तथा मापदण्ड नपुगेका क्रसर एवं प्रशोधन उद्योगलाई तत्काल बन्द गर्ने, मापदण्ड पुगेपनि हालको स्थानमा सञ्चालन गर्ने अवस्था नभएका क्रसरलाई तत्कालै मापदण्ड पुगेको स्थानमा सार्न पत्रचार गर्ने, आ.व.२०७६।०७७ मा ठेक्का शर्त बमोजिम उत्खनन गर्ने ठाउँमा सबैले देखिने गरी होडिङ बोर्ड नराखिएको भए त्यस्ता क्रशर उद्योग बन्द गर्ने, सूर्य उदाएकोदेखि अस्ताएको बेलासम्म मात्र खोलामा उत्खनन गर्न पाउने लगायतको निर्णय गरिएको जिल्ला समन्वय समिति धनुषाका उपाध्यक्ष दीपक झाले जानकारी दिए।

यस्तै मानवीय सुरक्षाका लागि नियमित निमयमन गर्ने, घरेलु उद्योग कार्यालयमा हालसम्म दर्ता भएका क्रसर उद्योगको सम्पूर्ण विवरण जिल्ला समन्वय समितिमा पेश गर्ने र कुनै पनि क्रसर दर्ता हुनुपूर्व जिल्ला अनुगमन समितिको सिफारिसमा मात्र गर्ने लगायतको ७ वटा निर्णय गरेको हो।

गएको पुस २५ गते शुक्रबार विहान घर नजिककै औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न गएका युवा दिलीपको टिपरले किचेर गरेका क्रुर हत्या पश्चात जिल्ला समन्वय समितिले पहल कदमी लिएको छ। बैठकबाट भएको निर्णय तत्कालै कार्यान्वयन गराउन समन्वय समितिले जिल्ला प्रशासन, जिल्ला प्रहरी र सम्बन्धित स्थानीय तहमा पत्रचार गरेको उपाध्यक्ष झाले जानकारी दिए ।

croser-2.jpg

croser-3.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .