ad ad

कारोबार


वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धाबाट रामचन्द्र संघाई बाहिरिए, अब दोस्रोपटक मतदान हुने

वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धाबाट रामचन्द्र संघाई बाहिरिए, अब दोस्रोपटक मतदान हुने

फाइल तस्बिर : रामचन्द्र संघाई


नेपालखबर
चैत ३०, २०७९ बिहिबार ११:३९, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ। 

वरिष्ठ उपाध्यक्षका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचनबाट मात्रै विजेताको टुंगो लाग्ने भएको हो।  

पहिलो चरणको चुनावबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघाई बाहिरिएका छन्।

पहिलो चरणको मतदानमा सबैभन्दा बढी अञ्जनले ३७ प्रतिशत, उमेशलालले ३१ प्रतिशत र संघाईले ३० प्रतिशत मत ल्याए। यस्तोमा कम मत ल्याएका संघाई स्वत: बाहिरिएका छन्। 

योसँगै अब दोस्रो चरणमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणको मतदान पनि आजै प्रज्ञा प्रतिष्ठानमा हुनेछ। 

अहिलेसम्म एसोसिएटतर्फ उपाध्यक्ष र १९ सदस्य, वस्तुगत उपाध्यक्ष, जिल्ला/नगरतर्फका नतिजा आइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .