ad ad

राजनीति


प्रधानमन्त्रीलाई बारको चेतावनी: १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन

प्रधानमन्त्रीलाई बारको चेतावनी: १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १२:२, काठमाडौँ

नेपाल बार एसोसिएसनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ।

बिहीबार प्रधानमन्त्रीको  सरकारी निवास बालुवाटार पुगेर बारले ध्यानाकर्षण गराएको हो। छलफलमा नेपाल बारका पदाधिकारी, पूर्वपदाधिकारी र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारी उपस्थित थिए।

प्रधानमन्त्रीको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्ति हुन नसक्दा न्यायपालिकाको साख गिरेको र न्याय सम्पादनमा कठिनाइ भइरहेको बताए।

सर्वोच्च अदालत १४ महिनादेखि कायममुकायम प्रधानन्यायाधीशबाट सञ्चालन भइरहेको छ। चोलेन्द्र शमशेर जबराविरुद्ध सरकारले महाभियोग प्रस्ताव दर्ता गरेपछि अघिल्लो वर्ष फागुन १ गते उनी निलम्बनमा परेका थिए।

संवैधानिक परिषद्को अध्यक्ष भएकाले पहलकदमीका लागि प्रधानमन्त्री ध्यानाकर्षण गराइएको अध्यक्ष घिमिरेले बताए। 

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया १० दिनभित्र सुरु नभए आन्दोलन गर्न बाध्य हुने बारले चेतावनी दिएको उनले बताए।

भेटमा प्रधानमन्त्री दाहालले संवैधानिक परिषद्का पदाधिकारीसँग परामर्श गरी तत्काल बैठक बोलाएर आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .