ad ad

कारोबार


भरत आचार्य अञ्जन र उमेशलालका साझा उम्मेदवार

अञ्जन भन्छन्– सर्वसम्मतिको वातावरण बनाउन आचार्यलाई साझा उम्मेदवार बनायौँ
भरत आचार्य अञ्जन र उमेशलालका साझा उम्मेदवार

भरत आचार्य। तस्बिर : सरोज नेपाल


नेपालखबर
चैत २१, २०७९ मंगलबार १३:६, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको हुनलागेको चुनावमा भरत आचार्य एसोसिएट उपाध्यक्षतर्फ अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठका साझा उम्मेदवार बनेका छन्। 

अञ्जन श्रेष्ठको प्यानलका सो पदका प्रत्याशी प्रबलजंग पाण्डेले आचार्यलाई नै समर्थन गरेका हुन्। 

‘५७औँ उद्योग वाणिज्य महासंघको वार्षिक साधरणसभामा अञ्जनको टिमबाट एसोसिएटतर्फ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेको थिएँ’, पाण्डेले भने, ‘भरतजी र मेरो एकदमै राम्रो दोस्ती रहेको थियो। बृहत्तर एकताको लागि एसोसिएट उपाध्यक्षमा अञ्जन र उमेशको टिमबाट आचार्य साझा उम्मेदवार बनाउने निर्णय गरेका छौँ।’

वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठले प्रबलजंग पाण्डे आफ्नो टिमको एसोसिएट उपाध्यक्ष रहेको बताउँदै अहिले व्यवसायी अप्ठ्यारो अवस्थामा रहेकाले सर्वसम्मत गर्ने वातावरण बनाउन आचार्यलाई साझा उम्मेदवार बनाएको बताए। 

‘भरतजीलाई एसोसिएटको उपाध्यक्षमा साझाउम्मेदवारको रुपमा स्वीकार गरेका छौँ’, श्रेष्ठले भने, ‘साझा उम्मेदवारको रुपमा प्रस्तुत गर्दै विजयी गराउन अनुरोध गर्छौँ।’

एसोसिएटतर्फको उम्मेदवार भरत आचार्यले जुन क्षेत्रमा सर्वसम्मत हुनसक्छ, त्यो क्षेत्रमा सहमतिमै जाने पक्षमा आफू रहेको बताए। 

‘प्रदेशहरुमा सहमति भएको छ। एसोसिएटतर्फ पनि सर्वसम्मत हुने अवस्था छ’, आचार्यले भने, ‘मेरो नजिकको मित्र पाण्डेसँग सहमति गरेको हुँ। एसोसिएटमा उम्मेदवारी दिनुभएकी ज्योत्स्ना श्रेष्ठलाई सर्वसम्मतिको लागि प्रयास गर्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .