ad ad

राजनीति


राजनीतिले फड्को मार्‍यो, सामुदायिक विद्यालय सुध्रिएनन् : सभामुख घिमिरे

राजनीतिले फड्को मार्‍यो, सामुदायिक विद्यालय सुध्रिएनन् : सभामुख घिमिरे

सामुदायिक विद्यालयको कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरे। तस्बिर : नेपालखबर


नेपालखबर
चैत २१, २०७९ मंगलबार १३:९, काठमाडौँ

सभामुख देवराज घिमिरेले सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। 

काठमाडौंमा मंगलबारदेखि सुरु भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यसो भनेका हुन्। 

‘राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन भए पनि सामुदायिक विद्यालयको शिक्षामा आधारभूत परिवर्तन हुन सकेन’, उनले भने, ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक सुनिश्चित गरेको छ। आधारभूत शिक्षा निःशुल्क र सर्वसुलभ भए पनि कार्यान्वयन भएको छैन।’ 

उनले शिक्षाले देशको भविष्य निर्धारण गर्नेसमेत बताएका छन्। 

सभामुख घिमिरेले संघीय शिक्षा ऐन आउन बाँकी रहे पनि भएका कानुन पनि प्रभावकारी कार्यान्वयन नभएको उल्लेख गरे। 

‘भएका कानुन कार्यान्वयनमा किन बाधा पुगेको छ? ठूलो लगानी सदुपयोग किन भएको छैन, लगानीको प्रतिफल किन पाएका छैनौँ भनेर तपाईंहरुले छलफल गर्नुपर्छ,’ उनले भने। 

आर्थिक, सामाजिक र सांस्कृतिक सुधारका लागि शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा सभामुख घिमिरेले जोड दिए। 

सार्वजनिक विद्यालयको गुणस्तर कम हुँदा सर्वसाधारणले खर्च कटाएर भए पनि निजी विद्यालयमा छोराछोरी भर्ना गर्नुपर्ने अवस्था आएको उनको भनाइ थिये।

‘हामी सुधार गर्छाैं, हाम्रो विद्यालय’ नारासहित सुरु सम्मेलन दुई दिनसम्म चल्नेछ। सम्मेलनमा ७५३ वटै स्थानीय तहबाट विद्यालय व्यवस्थापन समितिको प्रतिनिधित्व रहेको महासंघका अध्यक्ष कृष्ण थापाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .