पशुपति आइरन एन्ड स्टिल प्रा.लिले व्यापारमा छलाङ मारेको छ। कम्पनीले एकै वर्ष २ अर्ब रुपैयाँको सञ्चालन आम्दानी गरेको हो।
आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब १९ करोड रुपैयाँ आम्दानी गर्दा २०७८/०७९ मा ४ अर्ब २० करोड रुपैयाँ कमाएको देखिएको छ।
त्यसअघि आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ४१ करोड रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीको आम्दानीसँगै नाफा पनि बढेको छ।
कम्पनीको आम्दानी बढ्नुमा इनहाउस बिलेट उत्पादन प्लान्ट स्थापना मुख्य कारण हो। सन् २०२० डिसेम्बरमा प्लान्ट स्थापना भएको थियो ।
तत्कालीन अर्थमन्त्री जनादर्न शर्माले आर्थिक ऐन संशोधन गर्दै स्पञ्ज आइरन आयातमा ५ प्रतिशत रहेको भन्सार शुल्क शून्य र अन्त:शुल्क २.५ रुपैयाँ प्रतिकेजी रहेकोमा १.६५ केजी पुर्याउँदा कम्पनीको व्यापारमा वृद्धि भएको हो।
सन् १९८३ मा स्थापना भएको पशुपति आइरन एन्ड स्टिल प्रा.लिले सुनसरीमा उद्योग खुलेको थियो। कम्पनीले पशुपति टीएमटी बारको रुपमा उत्पादन गर्दै आएको छ।
कच्चा पदार्थ, पिग आइरन, स्पञ्ज आइरन भारतबाट आयात गरी टीएमटी बार उत्पादन गरेको छ। कम्पनीले १ लाख १० हजार मेट्रिक टन टीएमटी बार उत्पादन गरेको छ।
कम्पनीको स्वामित्व मुरारका ग्रुपअन्तर्गत छ। अशोक मुरारका र प्रदिप मुरारका, पशुपति मुरारका र महेश मुरारकाको २५–२५ प्रतिशत सेयर हिस्सा छ।
मुरारका ग्रुप सिमेन्ट, स्टिल, पेन्ट्स, वायर, चियाको व्यापार गर्दै आएको छ।
Shares
प्रतिक्रिया