समिट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पुँजीको १३.५७ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७१४ प्रतिशत नगद लाभांश गरी कुल १४.२८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
फागुन १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ।
18
Shares
प्रतिक्रिया