एनआईसी एसिया बैंकले ग्राहकहरुलाई कार्ड सिस्टममा सरल र विश्वसनीय सुविधा प्रदान गर्न एस२एमको सेलेक्ट सिस्टम ईएफटी स्विच प्रयोगमा ल्याउने भएको छ।
बैंकले बिहीबार सोसाइट म्याग्रेबाइन डी मोनिटिक लिमिटेड (एस२एम) लिमिटेड मोरक्कोसँग उक्त स्वीच प्रविधि खरिदका लागि सम्झौता गरेको हो।
बैकले उच्च गुणस्तरीय आफ्नै स्वीच प्रयोगमा ल्याएसँगै कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुनुका साथै ग्राहकहरुले स्वदेश तथा विदेशबाट कार्डबाट हुने अनलाइन कारोबार सहज रुपमा गर्न सक्ने जनाएको छ।
सबै प्राविधिक तयारी गरी केही समयमा बैंकले यो प्रविधि सञ्चालनमा ल्याउने बैंकको भनाइ छ। उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एस२एम मोरक्कोका तर्फबाट उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गरेका हुन्।
उक्त स्विचको कार्यान्वयनसँगै कार्डबाट हुने भुक्तानी प्रणालीमा विद्यमान विभिन्न सुरक्षा चुनौतीको समाधान हुने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया