पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ बडेरामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार दुर्घटनामा सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाहीको मृत्यु भएको हो।
काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको बा १३ च ७४८८ नम्बरको कारले बिहीबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत बडेरामा उनलाई ठक्कर दिएको हो।
गम्भीर घाइते शाहीको उपचारका क्रममा बुटवलस्थित सिटी अस्पतालमा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय (पश्चिम नवलपरासी)ले जनाएको छ। कार र चालक प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया