अटो


भैरहवामा होण्डाले खोल्यो नयाँ शोरुम

भैरहवामा होण्डाले खोल्यो नयाँ शोरुम

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार ५:२६,

होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले भैरहवामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

कम्पनीले बिहीबार भैरहवामा होण्डा मोटरसाइल तथा स्कूटरहरुको नयाँ शोरुम उद्घाटन गरेको हो । भैरहवामा अवस्थित होण्डाको दोस्रो शोरुमलाई सिद्धि विनायक अटो इन्टरनेश्नलले संचालन गर्ने कम्पनीले जनाएको छ ।

होण्डाले भैरहवामा आफ्नो नयाँ शोरुमको स्थापना गरेर त्यस क्षेत्रभरका ग्राहकहरुलाई सहज रुपमा बिक्रीवितरण, सर्भिस तथा स्पेयर पार्टस उपलब्ध गराउने केन्द्रविन्दु बनाएको जनाएको छ ।

स्याकार ट्रेडिङ्ग कम्पनी प्रालि ज्योति ग्रुपको एक भाग हो ।

सन् १९७६ मा स्याकार कम्पनीको रुपमा स्थापित यस कम्पनी होण्डा मोटरसाइकल, स्कूटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा एक मात्र अधिकृत बिक्रेताको रुपमा स्थापित भएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad